दफा
कर्मचारी सम्बन्धी व्यवस्था

७. कर्मचारी सम्बन्धी व्यवस्था

(१) समितिमा आवश्यक सङ्ख्यामा कर्मचारीहरू रहनेछन् ।
(२) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि समितिमा आवश्यक सङ्ख्यामा कर्मचारी नियुक्त नभएसम्म समितिले मन्त्रालयको स्वीकृति लिई नेपाल सरकारका कर्मचारीलाई समितिको काममा लगाउन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम खटिएका कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी व्यवस्था निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम हुनेछ र समितिले आफ्नै स्रोतबाट व्यहोर्ने गरी त्यस्ता कर्मचारीलाई थप सुविधा दिन सक्नेछ ।
(५) समितिले नेपाल सरकारलाई थप आर्थिक दायित्व नपर्ने गरी आफ्नै स्रोतबाट तोकिए बमोजिम खुल्ला प्रतियोगिताद्वारा कर्मचारी नियुक्त गर्न सक्नेछ ।
(६) समितिका कर्मचारीको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।